काठमाडौँ — सेनेगलले मोरक्कोलाई अतिरिक्त समयमा १–० गोलले हराउँदै दोस्रो पटक अफ्रिका कप अफ नेसन्स (AFCON)को उपाधि जितेको छ। आइतबार राति रबातमा सम्पन्न फाइनलमा सेनेगलका पापे गुएयेले अतिरिक्त समयको चौथो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

नियमित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। त्यसअघि खेलको अन्त्यतिर नाटकीय घटनाक्रम देखियो। भिडियो सहायक रेफ्री (VAR) को हस्तक्षेपपछि मोरक्कोलाई इन्जुरी टाइमको २४औँ मिनेटमा पेनाल्टी दिइयो। त्यसपछि मैदान र दर्शकदीर्घामा तनावपूर्ण अवस्था सिर्जना भयो। केही समय खेल रोकियो भने सुरक्षाकर्मी र समर्थकबीच झडपको स्थिति समेत देखिएको थियो।

लामो प्रतिक्षापछि पेनाल्टी लिन आएका ब्राहिम डियाजले अत्यधिक दबाबबीच चिप हान्ने प्रयास गरे तर सेनेगलका गोलकिपर एडुआर्ड मेंडीले सजिलै बचाए। त्यो अवसर मोरक्कोका लागि ५० वर्षपछि अफ्रिका कप जित्ने ठूलो मौका थियो।

मोरक्कोले १९७६ पछि पहिलो अफ्रिका कप जित्ने सपना पुरा गर्न सकेन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile