काठमाडौँ — एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत आज (माघ १) का दुई खेल हुँदैछन्। दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछन्।
दिनको पहिलो खेल बिहान ११:०० बजे सातदोबाटो युथ क्लब र संकटा एफसी बीच हुनेछ।
त्यसपछि दिउँसो ३:०० बजे ललितपुर (लालिगुराँस) एसोसिएसन र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ।
लालिगुराँससहित चार क्लब एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा स्थान बनाउँदै राष्ट्रिय लिगका लागि छनोट भएका हुन्। प्रेसिडेन्ट कपको च्याम्पियनका रूपमा लालिगुराँस यस पटक राष्ट्रिय लिगमा सहभागी हुँदैछ।

