काठमाडौँ- मछिन्द्र फुटबल क्लबले प्रवेश कटुवाललाई राष्ट्रिय लिग फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
लगातार दुई पटक क्लबलाई शहीद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका प्रशिक्षक कटुवाललाई मछिन्द्रले राष्ट्रिय लिगको लागि जिम्मा दिएको हो ।
मछिन्द्रले राष्ट्रिय लिगकै लागि शनिबार दुई विदेशी खेलाडी जोनाथान र अलिजोनलाई पनि अनुबन्ध गरेको जनाएको छ । दुवै खेलाडीलाई शनिबार क्लबले काठमाडौंमा स्वागत गरेको छ ।

