काठमाडौँ — भिक्टर ओसिम्हेन र अकोर एडम्सले गोल गरेपछि नाइजेरियाले २०२५ अफ्रिका कप अफ नेसन्स (आफ्कन) को क्वार्टरफाइनलमा अल्जेरियालाई सहजै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

मोरक्कोको माराकेचमा भएको खेलको पहिलो हाफमा पश्चिम अफ्रिकी टोली नाइजेरियाले खेलमा स्पष्ट नियन्त्रण जमायो। पहिलो हाफ समाप्त हुन आठ मिनेट बाँकी रहँदा एडम्सले उत्कृष्ट अवसर पाए पनि उनको प्रहार बारमाथिबाट बाहिरियो।

दोस्रो हाफ सुरु भएको ८५ सेकेन्डमै ओसिम्हेनले गोल गर्दै सुपर इगल्सलाई अग्रता दिलाए। बायाँ किनाराबाट ब्रुनो ओन्येमाएचीले दिएको लामो क्रसलाई उनले हेडमार्फत गोलपोस्टभित्र पठाउँदै प्रतियोगिताको चौथो गोल पूरा गरे।

त्यसको १० मिनेटपछि ओसिम्हेनकै पासमा अकोर एडम्सले अल्जेरियाका गोलरक्षक लुका जिदानेलाई बिट गर्दै दोस्रो गोल थपे। खेलको अन्तिम नौ मिनेट बाँकी रहँदा एडम्सले तेस्रो गोल गर्ने अवसर पाए पनि उनको हेडर बायाँ पोलमा लागेर फर्कियो।

२०२३ संस्करणका उपविजेता नाइजेरियाले अब बुधबार मोरक्कोको रबाटमा आयोजक राष्ट्र मोरक्कोसँग सेमिफाइनल खेल्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile