काठमाडौँ- रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ। यस जितसँगै रियलले फाइनलमा बार्सिलोनासँग ‘एल क्लासिको’ भेट पक्का गरेको छ।

साउदी अरबको जेद्दाहमा बिहीबार भएको सेमिफाइनल खेल सुरु भएको ७७ सेकेन्डमै कप्तान भाल्भेर्देले ३० यार्ड टाढाबाट हानेको फ्रिकिक सिधै गोलकिपर यान ओब्लाकलाई छक्याउँदै जाली चुम्बन गर्यो। दोस्रो हाफको ५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।

घाइते किलियन एमबाप्पे बिना खेलेको रियलले जितका लागि अन्त्यसम्म संघर्ष गर्नुपर्‍यो। यस सिजनको दोस्रो ‘एल क्लासिको’ जित्ने अवसर अब रियलसँग रहनेछ। यसअघि अक्टोबरमा सान्टियागो बर्नाबेउमा रियलले बार्सिलोनालाई २–१ ले हराएको थियो।

स्पेनिस सुपर कप सन् २०२९ सम्म साउदी अरबमै आयोजना गर्ने सम्झौता स्पेनिस फुटबल महासंघ र साउदी अरबबीच भएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile