काठमाडौँ । प्रिमियर लिग उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ। स्टेडियम अफ लाइटमा सम्पन्न खेलमा घरेलु टोली सन्डरल्यान्डको सशक्त रक्षात्मक प्रदर्शनका कारण पेप ग्वार्डिओलाको टोलीले गोल गर्न सकेन।
मंगलबार उत्कृष्ट लयमा रहेको एस्टन भिल्लालाई पराजित गर्दै शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो दाबेदारी बलियो बनाइसकेको अवस्थामा सिटीले महत्वपूर्ण अंक गुमायो। यस बराबरीसँगै सिटी अंक तालिकामा शीर्षस्थानको आर्सनलभन्दा ४ अंक पछाडि परेको छ।
खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल ०–० को बराबरी मा सकियो।
यस बराबरीसँगै सन्डरल्यान्डले यस सिजन घरेलु मैदानमा आफ्नो अपराजित यात्रा कायम राख्यो भने म्यानचेस्टर सिटीले उपाधि दौडमा महत्वपूर्ण दुई अंक गुमायो।

