काठमाडौँ- ब्राजिल तथा रियल म्याड्रिडका महान डिफेन्डर रोबर्टो कार्लोसले आफू पूर्वनियोजित चिकित्सकीय उपचारपछि पूर्ण रूपमा स्वस्थ अवस्थामा रहेको स्पष्ट पारेका छन्।

५२ वर्षीय कार्लोसले अस्पतालको शय्यामा मुस्कुराउँदै खिचिएको तस्बिरसहित सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै हृदयघात भएको हल्ला निराधार भएको बताएका छन्।

उनले लेखेका छन्,
“मेरो स्वास्थ्यसम्बन्धी फैलिएका हालिया सूचनाबारे स्पष्ट पार्न चाहन्छु। चिकित्सक टोलीसँग पूर्वयोजनाअनुसार मैले एक preventative उपचार गराएँ। उपचार सफल भएको छ र म ठीक छु। मलाई हृदयघात भएको होइन।”

कार्लोसका अनुसार उनी हाल राम्रोसँग स्वास्थ्य लाभ गरिरहेका छन् र छिट्टै पूर्ण फिटनेसमा फर्किएर आफ्ना व्यावसायिक तथा व्यक्तिगत जिम्मेवारीहरू पुनः सुरु गर्ने तयारीमा छन्।

उनले सबै शुभचिन्तकप्रति आभार व्यक्त गर्दै भने,
“मलाई देखाइएको माया, चिन्ता र समर्थनका लागि सबैलाई हृदयदेखि धन्यवाद। चिन्ता लिनुपर्ने कुनै कारण छैन। मलाई उपचार गर्ने सम्पूर्ण चिकित्सक टोलीप्रति विशेष धन्यवाद व्यक्त गर्दछु।”

रियल म्याड्रिडका लागि ५२७ खेल खेलेका कार्लोसले क्लबबाट चार ला लिगा र तीन युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका छन्। उनले सन् २००२ मा ब्राजिलसँग विश्वकप उपाधि पनि जितेका थिए।

फ्री–किक विशेषज्ञका रूपमा परिचित कार्लोसले रियल म्याड्रिडबाहेक पाल्मेरास, इन्टर मिलान, फेनेरबाचे र कोरिन्थियन्स जस्ता क्लबहरूबाट पनि व्यावसायिक फुटबल खेलेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile