काठमाडौँ- डिसेम्बरको सुरुवात एस्टन भिल्लासँगको हारबाट गरेको आर्सनल त्यसपछि वुल्भ्स, एभर्टन र ब्राइटनविरुद्ध कठिन जित निकाल्दै आएको थियो।

मंगलबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले एस्टन भिल्लामाथि ४–१ को प्रभावशाली जित निकाल्दै उपाधि दाबेदारीप्रति रहेका सबै शंकालाई जवाफ दिएको छ। यो जितसँगै उनाई एमरीको नेतृत्वमा उत्कृष्ट लयमा रहेको भिल्लालाई तेस्रो स्थानमै सीमित गर्न आर्सनल सफल भयो।

खेलमा आर्सनलका लागि चार फरक खेलाडीले गोल गरे भने भिल्लाका लागि एक गोल फर्कायो।

यो जितसँगै आर्सनल २०२६ को सुरुवात लिग तालिकाको शीर्ष स्थानमा गर्दैछ। आर्सनलको अंक ४५ पुगेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले अग्रता बनाएको छ। म्यानचेस्टर सिटीभन्दा एक अंक कमसहित एस्टन भिल्ला तेस्रो स्थानमा रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile