काठमाडौँ- सिङ्गापुरको फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमी र लुम्बिनी फुटबल एकेडिमी दाङ्ग बिच ग्रास फुटबल बिकासका निमित्त सम्झौता भएको छ । काठमाडौको नक्साल स्थित होलिडे इन एक्स्प्रेस होटलमा एक कार्यक्रम बिच दुईबिच एतिहासिक सम्झौता सनिबार सम्पन्न भएको छ ।
लुम्बिनी फुटबल एकेडेमीका सन्चालक समीर ओलि र फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीको तर्फबाट कम्पनीकि डाईरेक्टर अस्मिता गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा फ्रेन्जका मालिक सिङ्गापुर नागरिक डेल्भिन एस्पिको समेत उपस्थिती रहेको थियो ।
सन्चालक समीर ओलिको ब्यक्तिगत लगानिमा आवासीय सुविधा सहित आफ्नै खेल मैदानमा २०८० साल देखि दाङ्गको घोराहीमा लुम्बिनी फुटबल एकेडेमीले सन्चालित भैरहेको छ । हाल आवसमा २९ जना खेलाडीहरु रहेका छन भने ६ जना विपन्न तथा दलित सामुदाएका खेलाडीहरुको पालन पोषन देखि शिक्षामा समेत ओलिले आफ्नै ब्यक्तिगत खर्चमा संरक्षण गरिराखेका छन ।
यता सन २०१२ देखि सिङ्गापुरमा रहेर फ्रेन्ज इन्टरनेस्नल फुटबल एकेडेमीले निरन्तर रुपमा मलेसिया, इन्डोनेसिया लगायतका मुलमा समेत सकृएता जनाईराखेको छ । क्लबले त्यहाका डिभिजन लिगहरुमा समेत प्रतिस्पर्धा गरिराखेका छन जसको संरक्षकका रुपमा सिङ्गापुरका पुर्व मुख्य प्रशिक्षक जिता सिङ्ग रहेका छन् ।
सम्झौता सङ्गै अब लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्ज इन्टरनेस्नल फुटबल एकेडेमीले नेपालि फुटबल बृतमा लुम्बिनि फ्रेन्च फुटबल क्लबमा रुपमा प्रतीनिधित्व गर्नेछ ।
सम्झौता अनुरुप फ्रेन्ज इम्टरनेस्नल फुटबल एकेडेमीले लुम्बिनी फुटबल एकेडेमिलाई अर्थिक, प्राविधिकका साथ साथै ब्यवसायिक रुपमा समेत सहयोग गर्नेछ । जसमा पहिलो चरणमा दाङ्गको घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीको भौतिक स्तरोन्नति गर्ने र त्यसलाई केन्द्रीय कार्यालयका रुपमा स्थापीत गर्नेछ । लगत्तै अर्को चरणमा सोही मोडालिटी अनुरुप देशैभर प्रादेशिक रुपमा अन्य संरचना बिस्तार गर्ने उदेश्य यी दुबैले लिएका छन् ।
प्राविधिक तर्फ नेपाली ग्रासरुट फुटबलमा पहिलो पटक एआई युक्त प्रविधीको प्रयोगका निमित्त सिङ्गापुरबाट आवस्यक उपकरणहरु उबलब्ध हुनेछन । फ्रेन्च इन्टरनेस्नल फुटबल एकेडेमीका मालिक डेल्भिन एस्पि अफैमा एक एआई सफ्ट्वेर कम्पनी सिक्थ सेन्सको प्रबन्धक रहिसकेकाले उनले उक्त प्रविधिको प्रयोगले फुटबल खेलाडीको प्रदर्शनलाई निरीक्षण गर्ने र त्यस सम्बन्धी सबै डेटाहरुलाई अध्य्यन गरेर उक्त प्रविधिले खेलाडीको विकाशमा टेवा पुग्ने विश्वास राखिएको छ ।
सिङ्गापुर र नेपालि फुटबलबिच यो सम्झौताले दुई देशबिचको पारस्परिक सम्बन्ध समेत कायम राख्ने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपाली फुटबलमा नकारात्मकता छाईरहेको बिच यो सम्झौताले विदेशी लगानीकर्तालाई समेत नेपालमा फुटबलमा लगनी गर्न सकिन्छ भनेर सकारात्मक सन्देश प्रवाह गरिदिएको छ ।
लुम्बिनी फ्रेन्ज फुटबल क्लबले नेपालकै फुटबल सर्चना भित्र बसेर घरेलु प्रतियोगिता देखि राष्ट्रिय लिगसम्म आफ्नो उपस्थिति जनाउने लक्ष राखेका छन् । सम्झौता पछिको पहिलो पाईलाका रुपमा यी दुबैले नेपालको मोफसल फुटबलकै सर्वाधिक लोकपृए मध्यको एक प्रतियोगितामा भाग लिनेछ । जहाँ सिङ्गापुर राष्ट्रिय फुटबल टिमका पुर्व मुख्य प्रशिक्षक जिता सिङ्गको प्रशिक्षणमा त्यहाँका राष्ट्रिय खेलाडीहरु समेत लिएर प्रतियोगितामा सभागिता जनाउनेछ ।

