काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत मंगलबार नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेइसँग भिड्दैछ।

दुवै टोलीबीच अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक प्रतिस्पर्धा हुँदै भएकोले यो खेल विशेष मानिएको छ।

इन्डोनेसियाको योग्यकर्ता स्थित मागुवोहर्जो रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

नयाँ प्रतिद्वन्द्वीविरुद्धको यो खेलले नेपाली टोलीको तयारी र क्षमताको परीक्षण गर्ने अपेक्षा गरिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile