काठमाडौँ- करिब तीन वर्षपछि घरेलु मैदानमा फर्किएको बार्सिलोनाले शानदार जीत निकालेको छ।
राति सकिएको खेलमा बार्साले एथ्लेटिक क्लबलाई ४-० गोलले पराजित गरेको हो।
बार्सालाई जिताउन रोवर्ट लेवान्डोस्की र फर्मिन लोपेजले समान १ गोल गर्दा फेरान टोरेजले २ गोल गरे।
यो जितपछि बार्सा अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको ३१ अंक भएको छ र गोल अन्तरले अगाडि छ । रियल म्याड्रिड पनि समान ३१ अंक छ ।

