नेपालले एएफसी यू-१७ एसियन कप २०२५ छनोटको आफ्नो पहिलो खेलमा शनिवार सिरियासँग प्रतिस्पर्धा गर्दैछ।
खेल म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।
नेपाल समूह चरणमा सकारात्मक सुरुआत गर्नका लागि आजको खेल जीत्ने लक्ष्यमा रहेको छ। बलिया टोलिसंगको समूहमा रहेका कारण नेपाललाई जीतको ठुलो महत्तव हुनेछ।
नेपाली टोली:
गोलकिपरः पेम्बा नोर्बु भोटे, राम बोहरा, विशेष बानियाँ
रक्षकः प्रशान्त मोक्तान (कप्तान), दीपेन कार्की, वीरेन्द्र मल्ल, अदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का
मिडफिल्डरः सञ्जय हेम्रन, लक्ष्मण थामी, राम थामी, प्रतीश थापामगर, भुपेश लामा, नसिब हेम्जन, सुशन मगर, सुजन स्याङ्ताङ
फरवार्डः समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ, पेम्बा तामाङ

