काठमाडौँ — शहीद स्मारक ‘सी’ डिभिजन छनोट–२०२५ को उद्घाटन खेलमा नेपालगन्ज–११ ले अन्तिम क्षणमा गरेको उत्कृष्ट पुनरागमनसहित पाथीभरा फुटबल क्लबलाई २–१ ले पराजित गरेको छ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालगन्जले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै तीन अंक सुरक्षित गरेको छ।

खेलको पहिलो हाफमै पाथीभराले अग्रता बनाएको थियो। ५६ औँ मिनेटमा प्रशान्त प्रधान ले गोल गर्दै पाथीभरा एफसीलाई १–० गोलको अग्रता दिलाएका थिए।

तर दोस्रो हाफमा नेपालगन्ज–११ ले आक्रमक खेल प्रस्तुत गर्दै उत्कृष्ट ‘कमब्याक’ गर्न सफल रह्यो। खेलको अन्त्यतिर नेपालगन्जले लगातार दुई गोल गर्दै जित हात पार्‍यो। ९०+१ मिनेटमा सुशील खत्री ले बराबरी गोल गरे। ९०+५ मिनेटमा मदन स्याङटाङ ले निर्णायक गोल गर्दै नेपालगन्ज–११ लाई २–१ को नाटकीय जित दिलाए।

यो नतिजापछि समूह ए मा नेपालगन्जले ३ अंक बटुलेको छ। तीन टोलि रहेको समूहमा युवा थासी वाइ सी क्लबपनि रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile