लालीगुराँस स्पोेर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको सेमिफाइनलमा लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हरायो । विजयी टोलीका मुकुन्द कुमार निउरे र राम थापाले गोल गरे । निउरे प्लेयर अफ द म्याच घोषित भए ।

अर्को सेमिफाइनलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई सडनडेथमा ९–८ ले हरायो । निर्धारित समय गोल रहित बराबरीमा सकिएको सो खेलको पहिलो ५ पेनाल्टी सुट आउटमा ४–४ को बराबरी भएको हो ।

नव जनजागृतिको १० औ पेनाल्टी असफल भएको थियो भने चित्लाङले सफलता पाएको थियो । चित्लाङका गोल रक्षक विशाल केसी प्लेयर अफ द म्याच घोषित भए ।

उपाधि भिडन्त २ मङ्सिरमा हुने छ । उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

सेमिफाइनल प्रवेश गर्ने ४ टोली राष्ट्रिय लिगमा प्रवेश गरेका छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile