काठमाडौँ- भारतीय महिला टोलीसँगको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपाल १–१ को बराबरीमा रोकिएको छ। सिक्किम राज्य स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा च्यारिटी म्याचका रूपमा आज सिक्किमको पाल्जोर रंगशालामा खेलाइएको खेल बराबरीमा सकिएको हो।

फिफा विन्डो बाहिर भएकाले यो खेल अनअफिसियल मैत्रीपूर्ण मानिएको हो।

खेलको ३०औँ मिनेटमा भारतका लागि सौम्या गुगुलोथले अग्रता दिलाइन्। उनले नेपाली रक्षापंक्तिको त्रुटिको फाइदा उठाउँदै गोल गर्न सफल भएकी थिइन्।

तर पहिलो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो। कर्नरबाट आएको क्याप्टेन अनिता बस्नेतको क्रसलाई रश्मीकुमारी घिसिङले सुन्दर हेडमार्फत गोलमा परिणत गरिन्।

दुवै टोलीले दोस्रो हाफमा थप गोलको अवसर सिर्जना गरे पनि प्रयोग गर्न नसकेपछि खेल १–१ को बराबरीमा टुंगिएको हो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile