काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज सोमबार घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यो खेल कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा नेपाली समयअनुसार बेलुकी ७ः१५ बजे सुरु हुनेछ ।

हालसम्मका नेपाल र श्रीलंका चार पटक आमनेसामने हुँदा सबै खेल नेपालले जीतेको छ। नेपालले यी खेलमा श्रीलंकाको पोस्टमा १८ गोल हानेको छ भने एक गोलसमेत खानु परेको छैन ।

यस पटक पनि नेपाल श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । साफ यू-१७ च्याम्पियनसिपमा नेपाल र श्रीलंका समूह ‘ए’ मा रहेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *