काठमाडौं । साबिक उपविजेता नेपालले साफ यू–२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत शुक्रबार भुटानको सामना गर्दैछ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा हुने खेल नेपाली समयअनुसार बेलुकी ६:१५ बजे सुरु हुनेछ।

नेपाल र भुटान यू–२० स्तरमा दोस्रोपटक आमनेसामने हुँदैछन्। दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो।

त्यो खेलमा अमिषा कार्कीले ह्याट्रिक गरेकी थिइन् भने कप्तान प्रीति राईले एक गोल थपेकी थिइन्। अहिले यी दुवै खेलाडी सिनीयर टोलीमा समावेश छन्।

तर, लिला जोशीलगायत केही खेलाडी पुनः यू–२० टोलीमै छन्।

नेपालले अहिलेसम्म महिलातर्फको उमेर समूहको प्रतिस्पर्धात्मक खेलमा (मैत्रीपूर्ण यू–१६ बाहेक) भुटानसँग एकपटक पनि हार बेहोर्नु परेको छैन।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *