काठमाडौँ- स्पेनिस ला लिगामा अपराजित रहदै शिर्ष स्थानमा रहेको बार्सिलोनाले पहिलो पराजय व्यहोरेको छ।

राति ओसासुनाको घरेलु मैदानमा भएको खेलमा बार्सा ४-२ गोलले पराजित भएको हो।

सातौ चरणको खेल सकिदासम्म सबै खेल जित्दै २१ अंक जोडेको बार्साले शिर्ष स्थानमा स्पष्ट ४ अंकको अग्रता बनाउने मौका गुमाएको छ।

दोस्रो स्थानमा रहेको साबिक विजेता रियल मड्रिडको ७ खेलबाट १७ अंक रहेको छ।

बार्सालाई हराएको ओसासुना छैटौ स्थानमा उक्लिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *