काठमाडौँ- प्रिमियर लिग फुटबलमा इङग्लिस युवा स्टार कोल पाल्मरले नयाँ किर्तिमान बनाएका छन्।
चेल्सीमा उदाइरहेका उनले प्रिमियर लिगको पहिलो हाफमा ४ गोल गर्ने पहिलो खेलाडीको रुपमा आफ्नो नाम लेखाएका हुन्।
चेल्सीको घरेलु मैदानमा भइरहेको खेलको पहिलो हाफमा ब्राइटनविरुद्ध पाल्मरले ४ गोल गरेका छन्।
उनले खेलको २१, २८ र ३१ मिनेटमा ह्याट्रिक पुरा गर्दा ४१औ मिनेटमा चौथो गोल गरेका छन्।
प्रिमियर लिगमा पहिलो हाफमा केहि खेलाडीले ह्याट्रिक गरेका थिए भने ४ गोल गरेको यो पहिलो पटक हो।