काठमाडौँ- ब्रिगेड ब्याइज क्लब मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा ब्रिगेडले झापा–११ लाई सडन डेथमा पराजित गरेको हो। निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा दुवै टिमका खेलाडीले ४–४ गोल गरेपछि सडन डेथमा झापाका सौभाग्य राईको प्रहार ब्रिगेड ब्याइजका रुविन बोगटीले बचाउँदै टिमलाई फाइनल पुर्याए ।
पथरी–११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउनेछ ।