काठमाडौँ- प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डले २-१ गोलअन्तरले पराजित गरेको हो।
सिटीको जीतमा अर्लिङ हालान्डले दुवै गोल गरे। ब्रेन्टफोर्डका लागि योने वुसाले गोल गरे।
जीतपछि सिटीको ४ खेलबाट १२ अंक पुगेको छ। सिटी चौथो चरणको खेल चलिरहदा सबै खेल जीत्ने एउटा मात्र टोलि समेत रहेको छ।

