काठमाडौँ- विभागिय डर्बिमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीले एन्फा महिला लिगमा बराबरि खेल्दै अंक बाढेका छन्।
त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्।
अमृता जैशिको गोलमा अग्रता बनाएको पुलिसको त्यो अग्रतालाई आर्मीकि अमिसा कार्कीले ब्रेक गरेकि थिइन्।
यो नतिजापछि शिर्ष स्थानमा रहेको पुलिको ५ खेलबाट ११ अंक बटुलेको छ। आर्मीको समान खेलमा १० अंक रहेको छ।