काठमाडौँ- कोशी प्रदेश महिला टोलीले एन्फा महिला लिगमा पहिलो पराजय व्यहोरेको छ।

तेस्रो चरणको खेल सकिदा अपराजित रहदै शिर्ष स्थानमा रहेको कोशी बुधबार विभागीय टोली नेपाल पुलिस क्लबलसंग पराजित भएको हो

सादोबाटोस्थित एन्फा कम्प्लेक्मा बुधबार सम्पन्न दिनको पहिलो खेलमा पुलिसले कोशीमाथि ४–० को सहज जित निकालेको हो।

पुलिसको जितमा अनुस्का शेर्पा, निर्मला उपाध्या, सम्झना लावती र अमृता जौसीले समान १-१ गोल गरिन्।

जितसँगै लिगमा चार खेलबाट पुलिसले १० अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा झरेको कोशीको समान खेलमा ९ अंक रेहको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *