काठमाडौँ- श्रीलंका एसियन कप २०२७ छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ।
नोमपेनमा मंगलबार भएको खेलमा घरेलु टोली कम्बोडियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रो चरण स्थान पुगेको हो।
त्यसअघि श्रीलंकाले निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी खेलेको थियो। थप गरिएको ३० मिनेटमा दुवै टोलीबाट समान एक गोल भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो।
५ सेप्टेम्बरमा कोलम्बोमा भएको खेलमा कम्बोडिया गोलरहित बराबरीमा रोकिएको थियो।

