काठमाडौँ- साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली अन्तिम टोलीको घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले सनोज श्रेष्ठको प्रशिक्षणमा सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ। नेपालसंगै घरेलु टोली भुटान, श्रीलंका र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन्। प्रतियोगिता सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुँदैछ।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यस्तै सेप्टेम्बर २३ मा श्रीलंका र २५ मा भुटानसंग खेल्नेछ।

नेपाली टोली:
गोलकिपरः पेम्बानुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार
डिफेन्डर: शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराज लावत, भुवन कामी, एकराज विश्वकर्मा
मिडफिल्डरः कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ, सविनकुमार लुंगेली
फरवार्डः रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile