काठमाडौँ- आफ्ना कप्तान केबिन डेब्रुएना चम्किदा वेल्जियमले युइएफ नेसन्स लिगमा इज्रेलविरुद्ध सहज जीत निकालेको छ।
राति भएको खेलमा वेल्जियम ३-१ गोलले विजयो बनेको हो।
वेल्जियमका लागि डेब्रुएनाले २ गोल गर्दा तेलिम्यान्सले १ गोल थपे। इज्रेलका लागि वेल्जियमका कास्ताग्नीले आत्माघाति गोल गरे।
जीतपछि वेल्जियम आफ्नो समूहको दोस्रो स्थानमा रहेको छ। इटालि यस समूहको शिर्ष स्थानमा रहेको छ।

