काठमाडौँ- सिन्धुपाल्चोक जिल्ला फुटबल संघको समन्वयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र सेतीदेवी शारदा माध्यमिक विद्यालय सिन्धुपाल्चोकबीच विद्यालयको प्राङ्गणमा रहेको बसन्तपुर खेल मैदान स्तरउन्नतिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ र विद्यालयका अध्यक्ष ईश्वरी तिमल्सिनाले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र प्रसाद तिमल्सिना, सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठ, एन्फा उपाध्यक्ष दावा लामा, केन्द्रीय सदस्यद्वय विकास नारायण श्रेष्ठ, पुरुषोत्तम थापा र बागमती फुटबल संघका उपाध्यक्ष रोजित बस्नेत लगायतको उपस्थित थियो।

एन्फाको २०८१ भाद्र ११ र १३ गते बसेको कार्यसमिति बैठकले सो परियोजनाका लागि १ लाख अमेरिकी डलर विनियोजन गरेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile