काठमाडौँ- अस्मिता खवासले शानदार ह्याट्रिक गर्दा वागमति युथ क्लबले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा वागमतिले सुदुर पश्चिम प्रदेशलाई ५-१ गोलअन्तरले पराजित गरेको हो।
वागमतिका लागि अस्मिता खवासले ३ गोल गर्दा आरति भुजेल र साहारा लिम्बुले समान १-१ गोल गरिन्।
सुदुरका लागि तुलचा बोहोराले शान्तवना गोल फर्काइन्।
जीतपछि वागमतिले पहिलो खेलबाट ३ अंक बटुलेको छ। परााजित सुदुर अंकविहिन रहेको छ।

