काठमाडौँ- फ्रान्सेली फर्वाड केलियन एम्बाप्पे चम्किएको ला लिगाको खेलमा रियल म्याड्रिडले सहज जीत निकालेको छ।
घरेलु मैदानमा म्याड्रिडले रियल बेटिसलाई २-० गोलले पराजित गरेको हो।
म्याड्रिडको जीतमा दुवै गोल एम्बाप्पले गरे। यो संगै पिएसजीबाट म्याड्रिडमा अनुबन्ध भएका एम्बाप्पे लिगामा गोलको खडेरि तोडेका छन्। सुरुवाती ३ खेलमा उनी गोलविहिन बनेका थिए।
जीतपछि दोस्रो स्थानमा रहेको म्याड्रिडको ४ खेलबाट ८ अंक पुगेको छ।

