काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) की सदस्य पेमा डोल्मा लामाले यहि भदौ ११ गते सातदोबाटोमा हुने एन्फा कार्यसमितिको बैठकमा ४ बुँदे एजेन्डा थप गर्न अनुरोध गरेकी छन् ।

अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष समेत रहेकी लामाले एन्फाका महासचिवलाई शुक्रबार पत्र लेख्दै ४ एजेन्डा थप गर्न अनुरोध गरेकी हुन् ।

पुरुष तथा महिला खेलाडीहरुको मासिक भत्ता बृद्धि, नेपाली राष्ट्रिय महिला टिमका लागि विदेशी प्रशिक्षकको नियुक्ति, महिला लिगको पुरस्कार राशी र मिसन वल्र्ड कप २०२७–२०३१ का विषयमा बैठकमा छलफलका लागि एजेन्डा थप गर्न अनुरोध गरेकी छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *