काठमाडौँ- एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा चर्च ब्वाइज युनाइटेड पारो एफसीसँग पराजित भएको छ।
त्रीपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा चर्च २-१ गोलअन्तरले पराजित भएको हो।
चर्च ब्वाइजले पारो एफसीसंग पहिलो हाफमा १-१ गोलको बराबरि खेलेको थियो।
खेलको ३६औ मिनेटमा लाकेनले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए। उनले मोसेसको असिस्टमा गोल गरेका थिए।
त्यसको २ मिनेट नबित्दै पारोका किंहा वान्चुकले गोल फर्काएका थिए।
खेलको ६६औ मिनेटमा विलियम ओपोकुले गोल गर्दै पारोको कमब्याक पुरा गरे। चर्चका डिफेन्डर करिमले बल क्लियर गर्न नसक्दा विलियमले जालि चुमाएका थिए।

विलियमले अघिल्लो सिजन नेपालबाट ए डिभिजन लिग खेलेका थिए। सातदोबाटो एफसिबाट उनले लिग खेलेका थिए।
चर्चलाई दबाबमा राखेपनि पारोले त्यसपछि खेलमा कुनै गोल हुन सकेन्।

दशरश रंगशालामा यस खेल हेर्नका लागि ९ हजार ८ सय ७३ जना दर्शकको उपस्थिति रहेको थियो।
चर्च ब्वाइजको टोली
गोलकिपरः दीप कार्की, टिकेन्द्र थापा, रेम्बो चौधरी
डिफेन्डरः छिरिङ लामा, एकराज बुढाथोकी, ओमोलाजा करिम, सौभाग्य राई, अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ
मिडफिल्डरः एरिक विष्ट, पिटर बन्डा, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष जर्घा
फरवार्डः अन्जन विष्ट, मोसेस ग्याबाह ट्वाम, निरज चौधरी, आयुष घलान, सञ्जीव विष्ट, आदित्य शाक्य


