काठमाडौँ- फ्रान्सको पेरिसमा भइरहेको ओलम्पिकको पुरुष फुटबलको स्वर्ण पदतका लागि घरेलु टोलि फ्रान्स र स्पेन भिड्ने भएका छन्।
सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
फ्रान्सले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
फाइनल पेरिस सेन्ट जर्मेन (पिएसजी)को मैदान पार्क डेस प्रिन्सेस मैदानमा अगष्ट ९ मा हुनेछ ।

