काठमाडौ-  नेपाल पुलिस क्लब शिर्ष स्थानमा उक्लिएको छ। शुक्रबार एन्फा कमप्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबलाई ३-१ गोलले पराजित गर्दै पुलिस शिर्ष स्थानमा उक्लिएको हो।

 ललित मेमोरियल एन्फा यू-१८ युथ लिगको चौथो चरणको अन्तिम खेलमा पुलिसको जितमा कप्तान सुवास बमले दुई गोल गर्दा सजन राज गौतमले एक गोल गरेका थिए।

उता जावलाखेलका लागि निशान राईले सान्तवना गोल फर्काएका थिए।

अपराजित यात्रा कायम राख्न सफल भएको पुलिसले यसअघि थ्री स्टार क्लबलाई ७-२, संकटालाई २-० गोलले पराजित गर्दा आर्मीसंग गोलरहित बराबरि खेलेको थियो।

त्यस्तै जावलाखेलले एपिएफ र मछिन्द्रसंग बराबरि खेल्दा मनाङसंग पराजित भएको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *