काठमाडौ-  ललित मेमोरियल एन्फा यू-१८ युथ लिगको लिग लिडर मनाङ मर्स्याङदिको अपराजितमा पूर्णविराम लागेको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई २-० गोलअन्तरले पराजित गरेको हो।

सातदोबाटोको जितमा सोनाम गुरुंग र प्रज्वल कार्कीले समान १-१ गोल गरे।

यो जितसंगै सातदोबाटोले चार खेलमा ४ अंक बटुलेको छ। उता मनाङ ९ अंकमा सिमित रहेको छ।

सातदोबाटोको लिगमा यो पहिलो जित समेत हो। यसअघि सातदोबाटोले मछिन्द्र फुटबल क्लबसंग बराबरि खेल्दा सातदोबाटो र एपिएफसंग पराजित भएको थियो।

त्यस्तै मनाङले यसअघि आर्मी, संकटा र जावलाखेललाई पराजित गरेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *