एजेन्सी – घरेलु टोली जर्मनीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । राउन्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनी अघि बढेको हो ।

डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न रोमान्चक खेलमा जर्मनीले २-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । जोआकिम एन्डरसनको प्रहारअघि अफसाइड भएको भन्दै गोलले मान्यता पाएन ।

त्यसको ५ मिनेट नबित्दै अर्कोतर्फ एन्डरसनकै ह्यान्डबलमा जर्मनीले पेनाल्टी पायो । काइ हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै खेलमा जर्मनीलाई अघि बढाए । त्यसपछि जमाल मुसियालले ६८ औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *