काठमाडौँ – आईसीसी टी-२० विश्वकपमा भारतले न्युजिल्यान्डलाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ।
एहेम्दाबादमा न्युजिल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। भारतले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा २५५ रन बनाएको हो।
भारका लागि ओपनर सन्जु सामसनले सर्वाधिक ४६ बलमा ८९ रन बनाए। त्यस्तै अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए। तेस्रो नम्बरमा आएका इसान किसनले २५ बलमा ५४ रन बनाए। त्यस्तै सिबम दुबेले ८ बलमा २६ रन बनाए।
न्युजिल्यान्डका लागि जिमि निसमले सर्वाधिक तीन विकेट लिँए । त्यस्तै रचिड रविन्द्र र माट हेनरिले समान १ विकेट लिए।

