काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२६ को उपाधिका लागि आज सह–आयोजक भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ। दुई पटकको विजेता भारत तेस्रो उपाधि जित्ने लक्ष्यमा छ भने न्युजिल्यान्ड पहिलो पटक विश्वकप उपाधि जित्ने अभियानमा छ।
भारतले सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेको थियो भने न्युजिल्यान्डले दक्षिण अफ्रिकाको अपराजित यात्रालाई रोक्दै फाइनलमा स्थान बनाएको हो।

