काठमाडौँ- न्युजिल्यान्ड आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप को फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै उपाधिनजिक पुगेको हो।

कोलकातास्थित इडेन गार्डेन्स मा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य न्युजिल्यान्डले १२.५ ओभरमा १ विकेटको क्षतिमा १७३ रन बनाउँदै सहज रूपमा पूरा गर्‍यो।

न्युजिल्यान्डको जितमा फिन एलेन नायक बने। उनले मात्र ३३ बलमा शतक पूरा गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile