काठमाडौँ- आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। कोलकातास्थित इडेन गार्डेन्स मा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा भारतले १९६ रनको लक्ष्य चार बल बाँकी रहँदै पूरा गरेको हो।

भारतको जितमा सान्जु स्यामसन नायक बने। उनले ५० बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै अविजित ९७ रनको उत्कृष्ट पारी खेले। दबाबपूर्ण अवस्थामा संयमित र आक्रामक ब्याटिङ प्रस्तुत गरेका स्यामसन अन्तिमसम्म क्रिजमा अडिग रहँदै टोलीलाई जित दिलाउन सफल भए। तिलक वर्माले १५ बलमा २७ रनको योगदान दिए भने अन्य ब्याटर उल्लेख्य रन बनाउन सकेनन्।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १९५ रन बनाएको थियो।

जितसँगै भारत समूह–१ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। अब भारतले इंग्ल्याण्डसँग मुम्बईस्थित वान्खेडे रंगशाला मा प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार बिहीबार अपराह्न हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile