काठमाडौं। आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो।
त्रिवि क्रिकेट रंगशालामा आइतबार नेपालले दिएको १२३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्डले १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
थाइल्यान्डको जितमा नथ्कन चान्थमले सर्वाधिक ४८ रनको योग्दान दिइन्। उनले ३७ बलमा ७ चौका र एक छक्का प्रहार गरिन्। यस्तै, नान्नापत कोन्चारोएनकाईले ३२ तथा अपिसारा सुवान्चोनरथीले २८ रनको योग्दा दिइन्।
नेपालको लागि बलिङतर्फ सिता रानाले दुई विकेट हात पारिन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट घुमाएर १२२ रन बनायो।
नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गरिन्। यस्तै, अर्की ओपनर सोनु खड्काले २६ रन बनाइन्।
रुविना क्षेत्रि १७, उप कप्तान पूजा महतोले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
यता, थाइल्यान्डको लागि थिपाचा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्।

