काठमाडौँ — अस्ट्रेलियाले आगामी आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी मिचेल मार्शले गर्नेछन्।

विश्वकपअघि हुने पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि अस्ट्रेलियाले छुट्टै टोली घोषणा गर्ने जनाएको छ।

गत २०२४ को टी–२० विश्वकपमा अस्ट्रेलिया सुपर ८ चरणमै रोकिएको थियो। अफगानिस्तानसँगको अप्रत्याशित हारसँगै उपाधि यात्रामा ब्रेक लागेको थियो।

अस्ट्रेलियाको टोली:
मिचेल मार्श (कप्तान), जाभियर बार्टलेट, कुपर कोनली, प्याट कमिन्स, टिम डेविड, क्यामरुन ग्रीन, नाथन एलिस, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्लिस, म्याथ्यु कुहनेमान, ग्लेन म्याक्सवेल, म्याथ्यु सर्ट, मार्कस स्टोइनिस, एडम जाम्पा।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile