काठमाडौँ- भुटानका बायाँहाते स्पिनर सोनाम येशेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन्। उनले एकै खेलमा ८ विकेट लिँदै इतिहास रचेका हुन्।
म्यानमारविरुद्ध गेलेफुमा भएको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेलमा २२ वर्षीय येशेले ४ ओभरमा ७ रन खर्चिएर ८ विकेट लिए। भुटानले यो खेल ८२ रनले जित्यो। यससँगै सोनाम येशे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट (पुरुष र महिला दुवै) मा सबैभन्दा उत्कृष्ट बलिङ गर्ने खेलाडी बनेका छन्।
उनले लिएका ८ विकेटमध्ये ६ क्याच, १ बोल्ड र १ एलबिडब्लु थिए।

