काठमाडौँ- चितवन क्रिकेट क्लबले इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ। आइतबार भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा चितवनले एपीएफ क्लबलाई एक विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा चितवनले उपाधिसहित ४ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता एपीएफले २ लाख रुपैयाँमा चित्त बुझायो। एपीएफले दिएको १४४ रनको लक्ष्य चितवनले एक बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। यसअघि ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भए। उत्कृष्ट ब्याटर दिल्ली वन्डर्सका मोहम्मद कैफ र उत्कृष्ट बलर चितवनका दीपेश कंडेल घोषित भए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile