एसिसी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो खेलमा पराजय बेहोरेको छ। सोमबार दुबईमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भयो। यसअघि आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।
नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले २४.५ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो। बंगलादेशको जितमा ओपनर जवाद अबरारले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ७० रन जोडे। उनले ६८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
लगातार दुई हारपछि अब नेपालले आफ्नो अन्तिम समूह चरणको खेल बुधबार अफगानिस्तानविरुद्ध खेल्नेछ।

