काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् ।

खेल बिहीबार दिउँसो ३:४५ बजे सुरु हुँदैछ । विराटनगर पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।

आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो । : make this news

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile