काठमाडौँ – स्टार विदेशि खेलाडीले भरिएको विराटनगर किंग्सलाई स्तब्ध बनाँउदै साबिक उपविजेता सुदुरपश्चिम रोगल्स ब्याक टू ब्याक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।
पराजित विराटनगर प्रतियोगिताबाट बाहिरिएको भने छैन्। दोस्रो क्वालिफायर्समा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासंग खेल्नेछ।
टियू क्रिकेट रंगशालामा विराटनगर १४.१ ओभरमा अलआउट हुदाँ सुदुर ७७ रनले विजयी बनेको हो।
टस हारेर सुरुवाति ब्याटिङ गरेको सुदुरले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। उसका लागि ओपनर विनोद भण्डारिले सर्वाधिक ६३ रन बनाए।
जितका लागि १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको टप अर्डर ब्याट्सम्यान सस्तोमा आउट भएपछि विराटनगरले एक खेल अगावै फाइनल पुग्ने मौँका गुमायो।
ओपनर साम हेज्लेट गोल्डेन डक हुन पुगे। त्यसपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल मात्र दुई रनमा रनआउट भए। सहकर्मि फाफ डुप्लेसिससंग राम्रो तालमेल नहुँदा उनी आउट भएका थिए।
त्यसपछि फाफले २९ बलमा ३६ रन बनाउन बाहेक सबै खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो।

