काठमाडौँ- दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ अन्तर्गत आजदेखि प्लेअफ चरणका खेलहरू सुरु हुँदैछन्। प्लेअफको पहिलो दिन क्वालिफायर–१ मा अंकतालिकाको शीर्ष दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्ने छन्।
खेल आज अपराह्न ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ।
सुदूरपश्चिमको लगातार सफलता, विराटनगरको ऐतिहासिक प्रवेश
गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा प्रवेश गरेको हो। लिग चरणमा लगातार ६ खेल जितेपछि अन्तिम खेलमा मात्र पराजित भएको सुदूरपश्चिम १२ अंक सहित शीर्षस्थानमा रह्यो।
विराटनगर किङ्सले यसपटक पहिलोपटक प्लेअफमा प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन देखाएको छ। उनीहरूले ५ खेल जितेर दोस्रो स्थानमा पुगेका थिए।
आजको खेलको विजेता सोझै फाइनल पुग्नेछ भने पराजित टोलीलाई अर्को अवसर रहनेछ।
प्लेअफ संरचना यसप्रकार छ—
इलिमिनेटर : काठमाडौँ गोर्खाज vs लुम्बिनी लायन्स
इलिमिनेटरको विजेता आजको क्वालिफायर–१ को पराजित टोलीसँग क्वालिफायर–२ मा भिड्नेछ।
क्वालिफायर–२ को विजेता फाइनल मा स्थान बनाउनेछ।

