काठमाडौं — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा एउटा मात्र महत्वपूर्ण खेल हुँदैछ। अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी लायन्सले ६ खेलबाट ६ अंक जोडेको छ। आजको खेलमा जित हात पारे लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोली बन्नेछ।

पाँच खेलमा २ अंक मात्रै जोडेको जनकपुर बोल्ट्सका लागि भने आजको खेल अत्यन्तै निर्णायक छ। जनकपुरले जित निकाल्न सके पनि प्लेअफ सम्भावना अन्य खेलका नतिजा र शुद्ध रनरेट (NRR) मा निर्भर रहनेछ।

यसअघि सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै लगातार दोस्रो वर्ष क्वालिफायर–१ मा स्थान सुरक्षित गरिसकेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile