काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल २७ रनले पराजित भएको छ । १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमै अलआउट हुँदै १२० रनमा समेटियो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाउन सफल भएको थियो। लक्ष्य पछ्याउने क्रममा नेपाली शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा टोलीअघि बढ्न सकेन।
फाइनलमा पराजित भए पनि नेपालले भने आगामी डिसेम्बरमा हुने यू–१९ एशिया कपका लागि छनोट पक्का गरेको छ। सोमबार सम्पन्न फाइनलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले उपाधि हात पारेको हो।

