काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (सोमबार) खेल आयोजना गरिएको छैन। प्रतियोगितामा आज विश्राम दिइएको हो। भोलि मंगलबार भने लिगका दुई महत्वपूर्ण खेल हुनेछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविकका विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। लगातार चार खेल हारेर तालिकाको पुछारमा पुगेको जनकपुरले प्लेअफमा टिकिरहन गणितीय सम्भावना जोगाउन जित अत्यावश्यक छ।
चार खेलमध्ये दुई जित हात पारेको चितवन भने प्लेअफको मौका झनै बलियो बनाउन मैदान उत्रनेछ।

अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। दुवै टोलीका लागि यो खेल निर्णायक मानिएको छ। चार खेलमध्ये एक जित मात्र हासिल गरेको पोखराले प्लेअफ यात्रा सहज बनाउन जित खोज्नेछ। कर्णालीका लागि भने यो खेल ‘गर या मर’ समान छ, जहाँ जित बाहेक अर्को विकल्प छैन।

मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। सुदूरपश्चिम रोयल्स अपराजित रहँदै १० अंकसहित प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile